मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १ आइतबार १५:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १ आइतबार १५:४७:००

सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सबै वायुसेवा कम्पनीहरूलाई आ–आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको हो ।

बैठकपछि सरकारका प्रवक्तासमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सरकारले आन्तरिक उडानमा रहेका सबै विमानको प्राविधिक परीक्षण गर्न सबै वायुसेवा कम्पनीहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।’

पोखरामा आज बिहान भएको यती एयरको एटिआर विमान दुर्घटनापछि प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो । 

बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन तथा जाँच आयोगसमेत गठन गरेको छ । आयोगको सदस्यसचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव बुद्धिसागर लामिछाने, सदस्यहरूमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी (क्याप्टेन) दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराजजंग थापा छन् । 

आयोगलाई दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन ४५ दिन भित्र बुझाउन निर्देशन दिइएको छ ।