मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ माघ १ आइतबार ०६:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दमकमा आगलागी हुँदा ११ सटरका पसल जले

Read Time : < 1 मिनेट
२०७९ माघ १ आइतबार ०६:३१:००

झापाको दमक- ६ स्थित मुख्य बजार क्षेत्रमा आगलागी भएको छ । आगलागीबाट नमुना बजारस्थित मिसाल बजारका ११ सटरका पसल जलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आइतबार बिहान ३ बजेदेखि लागेको आगो करिब ५:३० बजे मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए । 

आगलागीबाट ११ वटा सटरमा रहेका जुत्ता-चप्पल, कपडालगायतका पसल जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

झापा र मोरङका सातवटा दमकलले आगो नियन्त्रणमा लिएको डिएसपी गिरीले बताए । विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।