१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ पौष ३० शनिबार १५:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकीको सभामुखमा धिताल र अर्यालको उम्मेदवारी

Read Time : < 1 मिनेट
२०७९ पौष ३० शनिबार १५:३२:००

गण्डकी प्रदेश सभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल र कांग्रेसका सरस्वती अर्यालले उम्मेदवारी दिएका छन्।     

सत्तागठबन्धनका तर्फबाट उम्मेदवार भएका धितालको प्रस्तावकमा फणिन्द्र देवकोटा र समर्थकमा रोशनबहादुर गाहा थापा रहेका छन्।

यस्तै अर्यालको प्रस्तावकमा डिल्लीराम सुवेदी र समर्थकमा डा टकराज गुरुङ रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए।

उम्मेदवारी सम्बन्धमा दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा छलफल भई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ। सत्ता गठबन्धनमा यसअघि नै गण्डकीमा नेकपा एमालेले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख पाउने सहमति भएको थियो।
    
सहमतिअनुसार नै गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन्। ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन्।