मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन बिष्ट 
२०७५ पौष ९ सोमबार १५:४६:००
Read Time : < 1 मिनेट
समाचार

निर्मला बलात्कार र हत्या : विशालको परिवारद्वारा मानव अधिकार आयोगमा उजुरी

Read Time : < 1 मिनेट
मोहन बिष्ट 
२०७५ पौष ९ सोमबार १५:४६:००

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा पक्राउ परेका विशाल चौधरीको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । सोमबार बिशालका बाबु वीर बहादुर चौधरीले कञ्चनपुर प्रहरीले यातना दिएको भन्दै आयोगको क्षेत्रीय कार्यालय धनगढीमा उजुरी दिएका हुन् । 

बाबु वीर बहादुरले छोरालाई निर्मम यातना दिएको भन्दै छानबिन गरी आवश्यक काबारही गर्न सिफारिश पाउँ भन्दै उजुरी दिएका छन् । छोरालाई मानसिक तथा शारीरिक यातना दिएर निर्मलाको बलात्कारपछि हत्या गर्न दवाव दिएको निवेदनमा उल्लेख गरिएको छ ।

फाइल फोटोफाइल फोटो

प्रहरीले यातना दिएर अपराध स्वीकार्न लगाएर कञ्चनपुरमा भनेअनुसार काठमाडौंमा नभने मारिदिने धम्की दिएको निवेदनमा उल्लेख छ । १९ मंसिर भीमदत्त नगरपालिका, १८ घर नजिकैबाट पक्राउ परेका विशालको डिएनएन नमिलेपछि ७ पुसमा परिवारको जिम्मा लगाएको थियो । 

अधिकारकर्मी शारदा चन्दले कञ्चनपुर प्रहरीले छानबिनमा आएका सिआइबी टोलीले विशाललाई अपराध काबुल गराउन यातना दिएको भन्दै उजुरी दिने घोषणा गर्दै आएकी छिन् । उनले अहिले आएको प्रहरी नेतृत्वले समेत गरिब, निमुखाका निर्दोष छोरालाई फसाउन उद्यत रहेको आरोप लगाइन् । 

उता कञ्चनपुर प्रहरीले विशाललाई कुटपिट नगरेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता कृष्णराज ओझाले विशाललाई कञ्चनपुर जिप्रकाभित्र बाहिर अपशब्द समेत प्रयोग नगरेको बताए । ‘हामीले उनलाई सम्मानजनक रुपमा सोधपुछ गरेर काठमाडौं पठाएका हौँ,’ उनले भने, ‘कुटपिट दबाब दिने कुरै भएन् ।’