१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २९ शुक्रबार १५:१७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नबिल बैंकको ३० प्रतिशत लाभांश प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २९ शुक्रबार १५:१७:००

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार बैंकको ३८औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित लाभांश पारित गरेको हो ।

बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात् बैंकको चुक्ता पुँजी २७ अर्ब नाघेको छ ।

साधारणसभाले संस्थापक सेयरधनी समूहतर्फका तीन पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस सकिवलाई सञ्चालक निर्वाचित गरेको छ । नबिल बैंक आ.व. ०७८–७९ मा चार अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा हासिल गर्न सफल भएको थियो ।