मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २९ शुक्रबार ११:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुगड ग्रुपका अध्यक्षको जन्मोत्सवमा ५० हजार वृक्षारोपण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २९ शुक्रबार ११:००:००

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७६औँ जन्मोत्सवको अवसर पारेर ५० हजार वृक्षारोपण गरिएको छ । ग्रुपका सम्पूर्ण कर्मचारीले वातावरणमैत्री शैलीमा प्रकृतिको आवश्यकताअनुसार बिगिँर्दै गएको वातावरणलाई ध्यानमा राखी ‘हरियो वन, नेपालको धन’ भन्ने पुरानो मान्यतालाई पुनः जीवन्तता दिँदै अघिल्लो वर्ष ५० हजार विभिन्न प्रजातिका बोटबिरुवा तथा रूखहरूको वृक्षारोपण गर्ने प्रतिबद्धता यो वर्ष पूरा गरेका हुन् । 

दुगड ग्रुपको हाइड्रोपावर तथा प्रसारण लाइन सञ्चालित रामेछाप तथा सोलुखुम्बु जिल्लाअन्तर्गतका विभिन्न सामुदायिक वनहरूमा आधिकारिक रूपमा डिभिजन कार्यालय रामेछाप तथा गौरीशंकर संरक्षण क्षेत्र केन्द्रीय कार्यालय, सिंगटी दोलखाको सिफारिसमा करिब ५० हजार बोटबिरुवा वृक्षारोपण गरिएको जनाइएको छ ।

उक्त हाइड्रोपावर क्षेत्रका स्थानीय बासिन्दालाई करिब तीन सय विभिन्न फलफूल प्रजातिका बिरुवा निःशुल्क वितरणसमेत गरिएको ग्रुपले जनाएको छ । यसका साथै, लिखु ‘ए’ परियोजना अवलोकन गर्ने गरी पर्यटक र बटुवालाई विश्राम गर्न र बाँध अवलोकन गर्न सकिने ठाउँमा तीन सेडहरू र लिखु–२ को बाँध र लिखु–१ को पावरहाउस अवलोकन हुने गरी सेल्फी डाँडामा पर्यटक र बटुवाहरूको विश्रामस्थल निर्माण गरिएको उल्लेख छ । साथै, भँडारा अस्पतालमा आधुनिक एक्स–रे मेसिन उपलब्ध गराइएको ग्रुपले जनाएको छ ।

त्यसैगरी, अटो डिभिजनअन्तर्गत नेपालभरिका विभिन्न स्थानमा कर्मचारीद्वारा वृक्षारोपण गरिएको विभिन्न प्रजातिका बोटबिरुवाको स्याहार–सम्भार तथा उचित हेरचाहसहितको रिपोर्ट नै तयार पारिएको जनाइएको छ । जसअन्तर्गत काठामाडौंको बालाजुमा रहेको औद्योगिक क्षेत्रपरिसरमा गत वर्ष रोपिएका एक सय ६० बोटबिरुवा, यसैगरी भक्तपुरको डोलेश्वर महादेवपरिसरमा रोपिएका ५५ वटा र बाँकी देशका विभिन्न शाखामा दुई हजार आठ सय ५१ वटा गरी पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म कुल तीन हजार ६६ वटा बोटबिरुवाको वृक्षारोपण गरी त्यसको पुनरावलोकनसहित उचित मलजल, स्याहार–सम्भारको कार्य सम्पन्न गरिएको ग्रुपले जनाएको छ । 

जन्मोत्सवको अवसरमा ग्रुपका अध्यक्षले आफ्ना सम्पूर्ण कर्मचारी वर्गप्रति वातावरणमैत्री सान्दर्भिक जन्मोत्सव मनाउने शैलीले आफूलाई थप हौसला मिलेको र अनावश्यक भोजभतेर र पार्टी गर्नुभन्दा सामाजिक तथा वातावरणीय कर्तव्य दिवसका रूपमा आफ्नो जन्मदिन मनाउन पाउँदा गौरवान्वित भएको बताए । 

अर्को वर्ष पनि ५० हजार वृक्षारोपण
अर्को वर्ष ७७औँ जन्मोत्सवको अवसरमा फेरि पनि थप ५० हजार बोटविरुवाको वृक्षारोपण गर्ने लक्ष्य निर्धारित गर्ने गरी लक्ष्य प्राप्त गर्ने ग्रुपले प्रतिबद्धता व्यक्त गरेको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा गर्ने लक्ष्यका साथ पहिले लगाइएका बिरुवाको संवद्र्धन गरिने र हाइड्रोपावरमा उपलब्ध जग्गाहरूको सदुपयोग गर्दै फलफूलका एक हजार बिरुवा लगाउने लक्ष्य लिइएको ग्रुपले जनाएको छ ।