Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष २९ शुक्रबार १०:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक रोजगारीमा रहँदा घाइते र मृतक कामदारले के–के पाउँछन् सुविधा ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष २९ शुक्रबार १०:१७:००

श्रम स्वीकृति लिएर गएका कामदारको श्रम अवधिमा गन्तव्य मुलुकमा नै मृत्यु भएमा कामदारका परिवारले वैदेशिक रोजगार बोर्डबाट सात लाख रुपैयाँसम्म सहयोग रकम पाउँछन् । त्यस्तै, मृतक कामदारका छोराछोरीले अध्ययनका लागि सहयोग रकम प्राप्त गर्छन् । आठ कक्षासम्म अध्ययनका लागि छोराछोरीले वार्षिक आठ हजार र सोभन्दा माथि अध्ययनरत छोरछोरीले वार्षिक १२ हजार रुपैयाँ सहयोग रकम पाउँछन् । 

त्यस्तै, मृतक कामदारको दम्पती, छोराछोरी, आमा र बुबाले पाँच प्रकारका घातक रोग (किड्नी फेल, मुटुरोग, क्यान्सर, अल्जाइमर, पार्किसन्स) मा लागेमा उपचारका लागि ५० हजार रुपैयाँसम्म प्राप्त गर्छन् । तर, घाइते भएमा अवस्था हेरीकन वैदेशिक रोजगार बोर्डले न्यूनतम सात हजारदेखि अधिकतम सात लाख रुपैयाँसम्म प्रदान गर्छन् । कामदारको दाहसंस्कारका लागि २५ हजार रुपैयाँसम्म पाउँछन् भने बोर्डले नै शव घरसम्म ढुवानी गर्छ । 

त्यस्तै, कामदारले वैदेशिक रोजगारी म्यादी जीवन बिमाबापत कम्तीमा १० लाख र बढीमा १४ लाख रुपैयाँसम्म पाउने वैदेशिक रोजगार बोर्डले जनाएको छ । कम्पनीले बिमितको उमेरअनुसार बिमा रकम भुक्तानी गर्छ । तर, श्रम स्वीकृति अवधि सकिएका कामदारले यी कुनै पनि सुविधा प्राप्त गर्दैनन् ।