Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ पौष २९ शुक्रबार १०:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपरासीमा ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ पौष २९ शुक्रबार १०:०८:००

पश्चिम नवलपरासीको सुनवल नगरपालिका– ४ अल्कनेडाँडामा शुक्रबार बिहान ट्रकको ठक्करबाट पिकअपचालकको  मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डको सुनवल- ४ मा ना.४च ९६३१ नम्बरको पिकअपलाई ना.५ख ९७१५ नम्बरको ट्रकले ठक्कर दिँदा पिकअपचालकको निधन भएको हो । 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयका अनुसार दुर्घटनामा परी पिकअपचालक चितवनको भरतपुर महानगरपालिका– १४ शिवनगरनिवासी ५२ वर्षीय राजकुमार विकको निधन भएको हो । दुर्घटनामा परी गम्भीर घाइते विकको उपचारको क्रममा पृथ्वी चन्द्र अस्पताल परासीमा आज बिहान निधन भएको हो ।

दुर्घटनामा परी टिपरमा सवार  भरतपुर महानगरपालिका– २३ बस्ने २५ वर्षका शिव श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा उपचार भइरहेको छ ।  ट्रक र ट्रकचालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।