Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
लक्ष्मण खनाल
२०७५ चैत २१ बिहीबार १४:५६:००
Read Time : > 1 मिनेट
प्रवास

क्यान्सर पीडित नेपाली महिला दुबई हस्पिटलमा 

Read Time : > 1 मिनेट
लक्ष्मण खनाल
२०७५ चैत २१ बिहीबार १४:५६:००

काभ्रे माझीफेदी गाँउपालिका काफ्ले पिपलचौर घर भएकी कमला गिरी ब्लड क्यान्सरको उपचारको लागि दुबई हस्पिटलमा रहेकी छिन् । एक महिना ती दिनसम्म हस्पिटलको भेन्टिलेटरमा बेहोसी अवस्थामा रहेकी गिरीलाई होस आएपछि ७१० नं नर्मल बेडमा सारिएको छ । 

उपचारको लागि आर्थिक अवस्था कमजोर बन्दै गएपछि उनका श्रीमान् बिमल गिरीले सहयोगको याचना गरेका छन् । कमल भन्छन्, ‘आज सम्मको उपचारमा तीन लाख २५ हजार दिराम (करिब ९७ लाख ७५ हजार नेपाली रुपैयाँ) बिल आएको छ । अहिले सम्म करिब एक लाख (तिसलाख नेपाली रुपैयाँ) तिरेको छु । दैनिक हस्पिटलको बिल बढिरहेको छ, म सँग अब हस्पिटलमा तिर्ने पैसा छैन् । 

श्रीमती बिरामी भएपछि काममा जान नपाएका कमल साथिहरुसँग ऋण लिएर उपचार खर्च जुटाउँदैछ । डिस्चार्ज गरेर नेपाल लगि उपचार गर्ने अवस्थामा कमला नरहेको अस्पतालले बताएपछि उनी महँगो रकम तिरेर उपचार गराउन बाध्य छन् । 

नेपाली राजदुतावाससँग कमलाको उपचार खर्चमा छुट दिन अस्पताललाई पत्रचार गरेपनि अस्पतालले छुट दिन नसक्ने बताएको  बिमल बताउछन । बुधबार नेपाली राजदुतावास युएईका उपनियोग प्रमुख सागर फुँयाल अस्पताल पुगेर व्यवस्थापनसँग छलफल गरेका थिए । उपनियोग प्रमुख फुँयाल र एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ लगायतले कमलाको उपचारमा सहयोग गर्ने बताएको कमलले बताए । 

कमलाको उपचारमा छुट गराउन दुतावासको पहल जारी : फुँयाल

नेपाली राजदुतावास युएईका उपनियोग प्रमुख तथा प्रवक्ता सागर फुँयालले कमला गिरीको उपचार खर्चमा समस्या देखिएपछि पहल गरिरहेको बताए । उनले बुधबार अस्पताल पुगेर विरामीको अवस्थबारे जानकारी लिएका थिए । 

नयाँ पत्रिकासँग कुरा गर्दै फुयाँलले भने, ‘पहिले उनको उपचार खर्च छुटको लागि दुतावासले दुबई अस्पतालालई पत्रचार गरेको थियो । तर सफल हुन नसकेपछि अस्पताल पुगेर विरामी र अस्पताल व्यवस्थापनसँग भेट गरेर सहयोगको अनुरोध गरेका छौ ।’ उनले अस्पताल प्रमुख बिदामा रहेको कारण आगामी हप्ता पुन अस्पताल पुगेर पुन: अनुरोध गरिने बताए ।