१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ पौष २७ बुधबार ०६:०१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मायाखोला हाइड्रोपावरको आयोजना प्रभावितलाई सेयर बाँडफाँड

Read Time : < 1 मिनेट
२०७९ पौष २७ बुधबार ०६:०१:००

मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको सेयर बाँडफाँड गरेको छ । प्रभु क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीको जारी पुँजीको १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर बाँडफाँड भएको हो । 

संखुवासभाको चैनपुर नपाको वडा नं. ८ र ९, धर्मदेवी नपाको वडा नं. ३, ४ र ५, मादी नपाको  वडा नं. ४ र ६ का स्थायी बासिन्दाका लागि ६ लाख बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । त्यस्तै, यसबाहेकका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका स्थायी बासिन्दाका लागि चार लाख कित्ता साधारण सेयरहरू बाँडफाँड गरिएको जनाइएको छ । 

उक्त सेयर बाँडफाँडमा अतिप्रभावितमा एक हजार सात सय ७२ आवेदकबाट ६ लाख ९० हजार नौ सय ४० कित्ताका लागि आवेदन परेकोमा १० कित्तादेखि एक हजार दुई सय कित्तासम्म आवेदन दिनेलाई मागअनुसार नै सेयर दिइएको कम्पनीले जनाएको छ ।

त्यस्तै, एक हजार दुई सय कित्ताभन्दा बढी नौ हजार पाँच सय २० कित्ता सेयरका लागि आवेदन दिने प्रत्येक आवेदकलाई एक हजार दुई सय कित्ता र बाँकी रहेको तीन सय ३८ कित्ता सेयर एक हजार तीन सय कित्तादेखि नौ हजार पाँच सय २० कित्तासम्म आवेदन दिने ६५ जनामध्ये ३८ जना हरेकलाई १० कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।