Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २१ बिहीबार १४:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

हावाहुरीपीडितलाई  नयाँ पत्रिकाद्वारा ५ लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २१ बिहीबार १४:०६:००

बारा र पर्साका हावाहुरीपीडितलाई नयाँ पत्रिका दैनिकले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । पत्रिकाको केन्द्रीय कार्यालय पुतलीसडकमा बिहीबार अध्यक्ष तथा प्रधानसम्पादक कृष्णज्वाला देवकाटाले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाखको चेक हस्तान्तरण गरे । पत्रिकामा कार्यरत पत्रकार र कर्मचारीको एक दिनको तलबमा व्यवस्थापनले रकम थपेर ५ लाख पुर्‍याएको हो ।  

चेक हस्तान्तरणपछि मुख्यमन्त्री राउतले हावाहुरीपीडितका लागि सहयोग गरेकोमा नयाँ पत्रिका परिवारको सराहना गरे । उनले विपत्तिका वेला नेपालीबीच देखिएको आपसी सहयोग उदाहरणीय रहेकोसमेत उल्लेख गरे ।

‘विपत्तिको यस्तो वेला संघीय सरकार, सबै प्रदेश सरकारलगायत आमनेपालीले सहयोगका लागि देखाएको तत्परता उल्लेखनीय छ,’ मुख्यमन्त्री राउतले भने, ‘हावाहुरी प्रभावितलाई तत्कालै राहत र वर्षाअघि नै छानाको व्यवस्था गर्न प्रदेश सरकार कटिबद्ध छ ।’

नयाँ पत्रिका न्युजरुममा आयोजित अन्तर्क्रियामा मुख्यमन्त्री राउतले पीडितहरूको उद्धारमा नेपाली सेनाले गरेको सहयोगको पनि खुलेर प्रशंसा गरे ।