१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ पौष २६ मंगलबार १७:१५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रादेशिक संरचना निर्माणका लागि जग्गा प्राप्ति गर्ने बागमती सरकारको निर्णय

Read Time : < 1 मिनेट
२०७९ पौष २६ मंगलबार १७:१५:००

बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणका लागि आवश्यक जग्गा प्राप्तिका लागि पहल थाल्ने निर्णय गरेको छ। नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा मंगलबार बसेको पहिलो मन्त्रिपरिषदको बैठकले प्रादेशिक संरचना निर्माणका लागि आवश्यक जग्गा प्राप्ति गर्ने निर्णय गरेको हो।

आजको बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियालाई दिने निर्णय पनि गरेको छ। नवनियुक्त प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले प्रदेश संरचना निर्माणका लागि जग्गा प्राप्त गर्ने विषयमा थप पहल गर्न प्रदेशको मुख्य सचिव मुकुन्दप्रसाद न्यौपानेलाई जिम्मेवारी दिइएको जानकारी दिए।

यसैगरी, मुख्यमन्त्री जम्कट्टेलले मंगलबार पदभार ग्रहणपछि गरेका दुईवटा निर्णयहरूलाई पनि मन्त्रिपरिषद् बैठकले अपनत्व लिएको छ। बैठकले मुख्यमन्त्री जम्कट्टेलले गरेका निर्णयहरूलाई अघि बढाउने सहमति भएको प्रवक्ता थपलियाले बताए। मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको संख्या घटाउने र पुस मसान्तभित्र संघीय सरकारसमक्ष विशेष र समपूरकतर्फको अनुदानका योजनाहरू तयार पारी पठाउने निर्णय गरेका थिए।

मन्त्रिपरिषद्को बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको हो। उक्त विषयमा अध्ययनका लागि मुख्य सचिव न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ। सो कार्यदललाई आगामी १५ दिनभित्र प्रतिवेदन तयार पारी पेस गर्न निर्देशन दिइएको छ।

समितिको सदस्यहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिवलगायत रहने गरी तोकिएको प्रवक्ता थपलियाले बताए।