मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार १५:२९:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडौंमा छालाजन्य वस्तुहरुको औद्योगिक प्रर्दशनी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार १५:२९:००

जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको ‘१५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी २०७५’ यही पुस १३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा अायाेजना हुने भएकाे छ । मुलुकलाई जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ सो प्रर्दशनी आयोजना गर्न लागिएको हो ।

७ दिनसम्म चल्ने प्रर्दशनीमा स्वदेशी उत्पादनका गुणस्तरीय जुत्ता, चप्पलका उत्पादनहरु प्रर्दशनीमा राखिने र उपभोक्तालार्इ १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिने प्रर्दशनी व्यवस्थापन मूल समितिका संयोजक नवराज गौतमले जानकारी गराए ।   

फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको सो प्रर्दशनीमा करिव एक लाख ५० हजार भन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा हाल जुत्ता, चप्पलको एक हजार ५ सयभन्दा बढि उद्योगहरु रहेका छन् ।