मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष २४ आइतबार १२:४१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

डाक्टर भगवान कोइरालासँग मुक्तिनाथ विकास बैंकको सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष २४ आइतबार १२:४१:००

मुक्तिनाथ विकास बैंकले प्रोफेसर एवं डाक्टर भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सम्झौता गरेको छ। बैंकले १७औँ वर्ष प्रवेशको अवसरमा सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत सो सम्झौता गरेको हो।

बैंकको तर्फबाट अध्यक्ष भरतराज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोइरालाले हस्ताक्षर गरेकाे उक्त सम्झौताबमोजिम झापाको दमकमा निर्माणाधीन बाल अस्पताल निर्माणका लागि बैंकले पाँच लाख रुपैयाँ सहयोग गर्नेछ।

यस सहयोगबाट बालबालिकाको  स्वास्थ्य  उपचारमा आवश्यक पूर्वाधार निर्माण र उपचारमा सहजता हुने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले विश्वास व्यक्त गरे।