१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७९ पौष २४ आइतबार १०:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा एउटै वडाका दुई घरमा आगलागी

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ पौष २४ आइतबार १०:५७:००

संखुवासभाको खाँदबारी नगरपालिका– ४ स्थित एकै वडामा एकै रात दुई घरमा आगलागी भएको छ । गएराति खाँदबारी नगरपालिका– ४ स्थित भ्याङखोलामा खाँदबारी नगरपालिकाका कार्यपालिका सदस्य पवित्रा गुरुङको घर र सोही वडाका समग्र टोलस्थित पर्शुराम दर्जीको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । 

उनका अनुसार दुवैजनाको घरमा गएराति करिब ९–१० बजेतिरको समयमा आगलागी भएको हो । स्थानीयको सक्रियतामा केही समयपछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट पवित्रा गुरुङको दुईवटा घरमध्ये एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यसैगरी पर्शुराम दर्जीको ढुंगा, माटो र खरले छाएको तीनतले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीको भनाइ छ । 

अहिले घटनास्थलमा प्रहरीले मुचुल्क तयार पार्ने काम गरिरहेकाले आगलागी हुनुको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रनाउ गोदारको भनाइ छ । संखुवासभामा पछिल्लो समय घरमा आगलागीका घटना बढ्न थालेका छन् ।