१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
यम बम काठमाडौं
२०७९ पौष २२ शुक्रबार १५:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वी र पश्चिमी तराईको मौसममा केही सुधार, दिउँसोदेखि झुल्कियो घाम 

Read Time : < 1 मिनेट
यम बम, काठमाडौं
२०७९ पौष २२ शुक्रबार १५:०१:००

शीतलहरबीच पूर्वी र पश्चिमी तराईको मौसममा केही सुधार देखिएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार पूर्वमा झापा, मोरङ र सुनसरी तथा पश्चिममा धनगढी, महेन्द्रनगरमा दिउँसोदेखि हुस्सु क्रमशः हट्दै गएको छ। 

‘धनगढी क्षेत्रमा दिउँसोदेखि हल्का घाम लागेको छ, पूर्वमा पनि केही सुधार देखिन्छ,’ मौसमविद् शाक्यले भनिन्, ‘तर, मध्य तराईमा भने अझै हुस्सु, कुहिरो छ।’ महाशाखाले बिहीबार मध्यतराई (नेपालगन्जदेखि सिमरा) क्षेत्रमा मध्यम शीतलहरको घोषणा गरेको थियो। 

तराईमा १७ पुसदेखि शीतलहर चलिरहेको छ। पश्चिम तराईमा मन्द शीतलहर चले पनि दिउँसोबाट हल्का घाम लागेपछि राहत महसुस भएको छ भने पूर्वी तराईको हुस्सु केही घटेको छ। पूर्व र पश्चिम तराईमा साँझबिहान भने हुस्सुकुहिरो लाग्ने आकलन महाशाखाले गरेको छ।

तराईको शीतलहर अझै केही दिन कायमै रहने प्रक्षेपण छ। ‘यो अवस्था अझ १-२ दिनसम्म रहने सम्भावना भएकाले चिसो र शीतलहरबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुनसमेत अनुरोध छ,’ महाशाखाले भनेको छ।