१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल सुर्खेत
२०७९ पौष २१ बिहीबार १६:१४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रमुख अतिथि मीनेन्द्र रिजालकै अगाडि पत्रकारले चुँडाए माइक !

प्रेस युनियन कर्णाली प्रदेशको अधिवेशनमा माइक खोसाखोस

Read Time : > 1 मिनेट
२०७९ पौष २१ बिहीबार १६:१४:००

बिहीबार कर्णालीको राजधानी वीरेन्द्रनगरको होटेल टाकुमा आयोजित नेपाल प्रेस युनियनको प्रथम अधिवेशनमा संस्थापन पक्ष र संस्थानप इतर पक्षबीच विवाद भएको छ। 

दुई पक्षबीच माइक खोसाखोस भएपछि कार्यक्रम स्थलमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो। संस्थापन इतर पक्षधरका पार्षद् धेरै भएको र संस्थापन पक्षधर पार्षद्को नाम काटिएको भन्दै संस्थापन पक्षधर हुम्लाका एकजना पत्रकारले रोस्ट्रममा पुगेर माइक चुँडाएका थिए।

‘पार्षद्को विषय’लाई लिएर विवाद भएको भनिए पनि विवादको प्रमुख कारण भने  ‘प्रमुख अतिथि’ रहेको बताइएको छ। संस्थापन पक्षधर पत्रकारले कार्यक्रमको प्रमुख अतिथिको रूपमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, खड्का नभएको खण्डमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बनाइनुपर्ने माग गरेकाे बताइएकाे छ।  

तर कार्यक्रममा सहभागी कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले प्रमुख तिथिकाे विवाद नभइ अधिवेशनमा संस्थापन र इतर पक्षबीच पार्षदको विषयमा विवाद भएको बताए। उनका अनुसार संस्थापन पक्षले आफ्नो पक्षका सदस्यको नाम काटेर इतर समूहले आफ्ना सदस्य धेरै राखेको आरोप लागाएपछि विवाद सुरु भएकाे थियाे।  

यो कुरा ‘संस्थापन पक्षलाई फिटिक्कै मन परिरहेको थिएन,’ कार्यक्रमका सहभागी एकजना पत्रकारले भने, ‘त्यही विषयलाई लिएर संस्थापन पक्षले विवाद सिर्जना गरेको हो।’ तर, संस्थापन पक्षधर अर्को पत्रकारले भने इतर पक्षले पेलेरै अघि बढ्न खोजेपछि त्यसको विरुद्धमा आवाज उठाएको बताए।

युवराज रेग्मीले कार्यक्रम सञ्चालन गर्दै थिए, मञ्चमा मीनेन्द्र रिजाल, थानी र युनियनका सभापति शिव लम्साल थिए। संस्थापन पक्षधर पत्रकारले रोस्ट्रम घेराउ गरे। विवाद बढ्दै जाँदा संस्थापन पक्षधर हुम्लाका जनकबहादुर शाहीले रोस्ट्रममै पुगेर रिजालकै अगाडि माइक चुँडाए। त्यसपछि कार्यक्रमस्थलमा तनावपूर्ण अवस्था सिर्जना भयो। 

सुवेदीले कार्यक्रममा देखिएको दृश्यले प्रेस युनियन, कांग्रेस मात्र नभई समर्ग लोकतन्त्रमा नै आघात पुर्‍याउने खालको भएको प्रतिक्रिया दिए। इतर पक्षरधर कांग्रेसका पूर्वजिल्ला सभापति कमलराज रेग्मीले रोस्ट्रममा सहभागी अतिथिहरूको बारेमा समाचार नलेख्न र गलत भएका विषयमा आन्तरिक रूपमा छलफल गरेर अगाडि बढ्नुपर्ने तर्क राखे। 

‘लोकतन्त्रको स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका खेलेका नेता मीनेन्द्र रिजाल सहभागी कार्यक्रममै विरोध जनाइनुले के सन्देश जान्छ ?,’ रेग्मीले प्रश्न गरे। अहिले दुवै समूहबीच सहमतिका लागि छलफल भइरहेको छ।