मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ पौष २० बुधबार १०:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईका कर्मचारी सम्मानित

Read Time : < 1 मिनेट
२०७९ पौष २० बुधबार १०:३४:००

 ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेशको अवसरमा बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीलाई सम्मान गरेका हुन् । 

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले ‘उत्कृष्ट बैंकिङ सबैका लागि’ भन्ने नाराका साथ आफ्नो स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताए । उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट गरेको विशेष योगदानका लागि सबै कर्मचारीलाई धन्यवाद प्रकट गर्दै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन अध्यक्ष ढकालले आग्रह गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । 

बैंकले देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक बन्न सफल भएको जनाइएको छ । हाल बैंकले दुई सय ९२ शाखा, दुई सय ७१ एटिएम, दुई सय ८३ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी नौ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।