मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लक्ष्मी काफ्ले  
२०७५ पौष ९ सोमबार १५:०२:००
Read Time : < 1 मिनेट
समाचार

भेटिएनन् पाँच दिनदेखि बेपत्ता झापाका नेकपा नेता

Read Time : < 1 मिनेट
लक्ष्मी काफ्ले  
२०७५ पौष ९ सोमबार १५:०२:००

बुधवारदेखि बेपत्ता भएका नेपाल कम्युनिष्ट पार्टी मेचीनगरका नेता दिपक भण्डारी अझै सम्पर्कमा अाएका छैनन्।मेचीनगर, १० स्थित आफ्नै घर नजिकबाट नेता भण्डारी सम्पर्कविहीन भएका थिए । भण्डारी तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलाबारी जेसीजको पूर्व अध्यक्ष र हिमालयन मल्टिपल कलेजको निर्देशक लगायतका जिम्मेवारिमा थिए । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापाका अनुसार नेता भण्डारी बिहानको खाना खाएर धुलाबारीस्थित कलेज जान घरबाट हिँडेका थिए । तर, प्रहरीले नेपाल भारत सिमानामा राखिएकाे सीसी क्यामेराबाट हेर्दा उनी भारततर्फ गएको देखिएकाे छ । 

‘हामीले उनकाे परिवारका सदस्यलाई बोलाएरै त्यो भिडियो देखायौँ, उनी भारततिर गएको देखिन्छ,’ डिएसपी थापाले भने । प्रहरीले भारततर्फ पनि उनको खोजी तीव्र पारेको छ । 

बेपत्ता भएकाे ५ दिनसम्म पनि कुनै अत्तोपत्तो नलागेपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी थापा सोमबार आफैँ भारततर्फ गएका छन् । नेता भण्डारी भारततर्फ गएको पत्ता लागेपछि परिवारका सदस्य तथा नेकपाका केही कार्यकर्ता  भारतकाे सिलिगुढिमा उनकाे खाेजि गर्दैछन् ।