मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
यम बम काठमाडौं
२०७९ पौष १९ मंगलबार २३:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तराई-मधेसमा शीतलहर बढ्न सक्ने चेतावनी

अधिकतम र न्यूनतम तापक्रमको ग्याप ह्वात्तै घट्यो

Read Time : < 1 मिनेट
यम बम, काठमाडौं
२०७९ पौष १९ मंगलबार २३:१६:००

शीतलहरका कारण तराई–मधेसको जनजीवन प्रभावित बनेको छ । तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्युनतम तापक्रमको औसत भिन्नता (ग्याप) निकै कम भएपछि दिनभरजसो शीतलहर चल्न थालेको हो । 

भैरहवा, सिमरा र जनकपुरमा रहेको तापक्रम मापन केन्द्रमा त अधिकतम र न्युनतम तापक्रम (औसत) को ग्याप ५ डिग्रीसम्म झरेको छ । 

तराईका अन्य क्षेत्रमा पनि मापन गरिएको न्यूनतम तापक्रम औसत न्यूनतम तापक्रम भन्दा थोरै बढी देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तराईमा तराई भूभागमा (मुख्यतया मध्य तराई) मा दिनभर हुस्सु, कुहिरो लागिरहेको छ । तराईमा विशेषतः नेपालगन्जदेखि पूर्वजनकपुरसम्म हल्का शितलहर छ । 

तापक्रम घट्न गई मध्यम किसिमको शितलहर हुनसक्ने सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन जारी गरेर जनाएको छ ।

नेपालगन्जभन्दा पश्चिममा र जनकपुरभन्दा पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बढेर हुस्सु लाग्ने सम्भावना देखिन्छ ।