मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष १८ सोमबार १०:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकले पायो कर्पोरेट एक्सेलेन्स अवार्ड

Read Time : < 1 मिनेट
२०७९ पौष १८ सोमबार १०:५६:००

 सिद्धार्थ बैंक लिमिटेडले ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२२’ प्राप्त गरेको छ । कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।  

उक्त अवार्ड सिद्धार्थ बैंकका मानव संशोधन तथा विप्रेषण व्यवसाय एकाइका प्रमुख पंकज पन्तले ग्रहण गरेको जनाइएको छ । आफ्ना ग्राहकप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न यस उपाधिले प्रेरित गरेको बैंकले जनाएको छ । यस खुसीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहक, सरोकारवाला र सम्पूर्ण शुभचिन्तकप्रति कृतज्ञता व्यक्त गरेको छ । 

हाल बैंकले देशभरमा चार एक्सटेन्सन काउन्टरसहित एक सय ९३ शाखा, दुई सय १५ एटिएम, एक सय १८ शाखारहित बैंकिङ तथा एक हजार आठ सयभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिइरहेको जनाएको छ ।