Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ मङ्सिर २७ बिहीबार १७:२५:००
Read Time : < 1 मिनेट
सप्तरंग

गोपीको पोस्टर सार्वजनिक

Read Time : < 1 मिनेट
२०७५ मङ्सिर २७ बिहीबार १७:२५:००

गोपी फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको कथा र निर्देशन रहेको फिल्मको विभिन्न डिजाइनका पोस्टरमा बिपिन कार्की, वर्षा राउत, सुरक्षा पन्तका साथमा गाईबाच्छालाई समावेश गरिएको छ ।

 

उच्च शिक्षा हासिल गरेको गोपी नामका युवक गाईपालनमा लागेको कथामा केन्द्रित फिल्म माघ १८ मा प्रदर्शन हुँदै छ । मणिकर्ण केसी र आरोही केसीको निर्माणमा र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्मको पटकथा र संवाद सामीप्य तिमिल्सिनाले लेखेका हुन् ।

फिल्ममा समावेश कहिले काली कहिले लक्ष्मी बोलको गीत केही समयअघि सार्वजनिक गरिएको थियो । यसअघि घामपानी निर्देशन गरेका दीपेन्द्रको गोपी दोस्रो फिल्म हो ।