मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १४ बिहीबार ०९:५३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

क्रिकेट मैदानमा सट्टेबाजीमा  संलग्न सातजना समातिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १४ बिहीबार ०९:५३:००

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी–२० लिग चल्दै गर्दा सट्टेबाज सक्रिय हुन थालेका छन् । नेपाल प्रहरीले बुधबार मैदानमै पुगेर सट्टेबाजीलाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो । नेपाल प्रहरीले मंगलबार तीन र बुधबार चारजनालाई नियन्त्रणमा  लिएको हो । 

प्रहरीले अनलाइन बेटिङमार्फत सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा रुपन्देही तिलोत्तमा नगरपालिका– ३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने २८ वर्षीय प्रकाश पाण्डेसहित तीनजनालाई मंगलबार पक्राउ गरेको हो ।

काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीचको खेलमा मोबाइल फोन प्रयोग गरिरहेका अवस्थामा उनीहरू पक्राउ परेका थिए । हार–जितका लागि अनलाइन बेटिङ भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पाँच थान मोबाइल र नगद तीन हजार पाँच सय २० रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

क्यानका जेनेरल म्यानेजर तथा टी–२० लिगका निर्देशक विक्रान्त खनालले मैदानबाहिर बेटिङ भइरहेको विषयमा आफूलाई केही थाहा नभएको बताए ।