मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लक्ष्मण खनाल
२०७५ चैत २० बुधबार ११:५३:००
Read Time : < 1 मिनेट
प्रवास

मृगौला पीडितलाई ‘गोर्खाली नाइट्स’ को दुई लाख रुपैयाँ सहयोग

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल
२०७५ चैत २० बुधबार ११:५३:००

गत मार्च ८ मा युएईमा सम्पन्न ‘गोर्खाली नाइट्स’ कार्यक्रममा उठेको रकम दुई जना मृगौला पीडितलाई हस्तान्तरण गरिएको छ ।

धादिङ्ग घर भएका मृगौलारोगबाट पीडित  विष्णु सुनार र संजीव कंडेललाई प्रति व्यक्ति एक/एक लाख नेपाली रुपैयाँ प्रदान गरिएको हो । १९ चैत्रमा आयोजना गरिएको कार्यक्रमका आयोजक मनोज गोर्खालीसहित एआरएनए सचिव डिबी छेत्री, एआरएनए मध्यपूर्व संयोजक आरके शर्मा, एआरएनए मध्यपूर्व उपसंयोजक प्रविण गुरुङ, एआरएनए एसिया पूर्व उपसंयोजक गोविन्द श्रेष्ठलगायतको टोलीले उक्त रकम हस्तान्तरण गरेको हो ।

गोर्खाली नाइट्स कार्यक्रम एनआरएन आइसिसि सदस्य मनोज गोर्खाली र एनआरएन दुबई क्षेत्रिय समिति अध्यक्ष मदन अधिकारीले आयोजना गरेका थिए । सामाजिक कार्यमा सहयोग गरिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक मदन अधिकारीले बताए । 

‘गोर्खाली नाइट्स’ कार्यक्रम चर्चित लोक गीत सालको पात टपरीका गायक कुलेन्द्र विकको साथमा नेपाल आइडियल सिजन २ का कलाकार रवि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी लगायतका कलाकारहरुले कार्यक्रम सम्पन्न गरेका थिए ।