१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार १३:३१:००
Read Time : < 1 मिनेट
खेलकुद

बिगबासमा सन्दीपको उत्कृष्ट प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार १३:३१:००

अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिगबासमा सोमबारको खेलमा नेपाली युवा खेलाडी सन्दीप लामिछाने चम्किएका छन् ।

मेलबर्न स्टार्समा रहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध किफायती बलिङ गर्दै तीन विकेट लिन सफल भएका छन् । सन्दीप दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिन सफल भएका हुन् । सन्दीपले पहिलो, तेस्रो र चौथो ओभरमा एक एक विकेट लिएका थिए ।

पहिलो ओभरमा एलेक्स डोलानलाई सन्दीपले बोल्ड आउट गर्दै पेभेलियन फर्काएका थिए । पहिलो ओभरमा सन्दीपले ५ रन खर्चेर एक विकेट लिए । सन्दीपले दोस्रो ओभरमा ७ रन खर्चिए । यस्तै तेस्रो ओभरमा सन्दीपले होबर्टका अर्धशतक बनाउने म्याथ्यु वेडलाई सन्दीपले क्याच आउट गराए । म्याथ्यु ५२ रनमा आउट भए । तेस्रो ओभरमा सन्दीपले ८ रन खर्चिए ।

चौथो ओभरमा सन्दीपले बेन्जामिन म्याकडेरमोटलाई एलबिडब्लुको शिकार बनाए । बेन्जामिन २८ रनमा आउट भए । यसअघि सन्दीपले डेब्यु खेलमा २ विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट थिए । यससँगै बीबीएल ८ को दुई खेलमा ५ विकेट लिइसकेका सन्दीप मेलवर्न रेनेगार्ड्सका केन रिचर्डसन र एडिलेड स्टाइकर्सका रासिद खानसँगै सर्वा्धिक विकेट लिने सूचीमा अगाडि छन् ।

सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपनि उनको टिम मेलवर्न स्टार्सले भने लगातार दोस्रो हार बेहोरेको छ । स्टार्स होबार्टसँग ६ विकेटले पराजित भएको हो । यसअघि वर्षाले प्रभावित पहिलो खेलमा स्टार्स सिड्नी थण्डरसँग डीएल मेथडमा १५ रनले पराजित भएको थियो ।