१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष ११ सोमबार ११:३१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ट्याटु खोपाउनुअघि र पछि... 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष ११ सोमबार ११:३१:००

तपाईं कुन डिजाइनको ट्याटु खोपाउँदै हुनुहुन्छ ? त्यो कुरामा ध्यान दिनुपर्छ । कुन ट्याटु हाउसमा खोपाउँदै हुनुहुन्छ भन्ने कुरा पनि ध्यान दिनुपर्छ । ट्याटु खोपाउने ठाउँ सुरक्षित हुन जरुरी छ । हेलचेक्र्याइँ भयो भने स्वास्थ्य, विशेषगरी छालामा संक्रमण र अन्य समस्या देखिन सक्छन् । एलर्जिक रियाक्सन यसैमध्येको एक हो । अर्कोतर्फ, डिजाइन राम्रो भएन भने हेर्दा नराम्रो देखिन्छ । 

कुनै आर्टिस्टले डिजाइन बनाउन सक्दैमा राम्रो खोपाउँछ भन्न मिल्दैन । त्यसैले तपाईंले ट्याटु आर्टिस्ट कस्तो छ ? र त्यो कतिको सुरक्षित छ भन्ने कुरा बुझ्नुपर्छ । ट्याटुसम्बन्धी राम्रो ज्ञान भएको आर्टिस्टसँग गएर खोपाउँदा राम्रो हुन्छ ।

ट्याटु खोपाएपछि ध्यान दिने कुरा 

पहिलो दिन : ट्याटु बनाएको तीन–चार घन्टापछि साबुनपानीले राम्रोसँग सफा गर्ने र सुक्खा टिस्यु पेपरले पुछेर सुक्खा बनाउने । 

दोस्रो दिन : पहिलो दिनजसरी नै बिहान–बेलुका साबुनपानीले धुने अनि भ्यास्लिन दिनको तीन–चार पटक थोरै मात्रामा लगाउने ।

तेस्रो दिन : दोस्रो दिनजस्तै गरी बिहान–बेलुकी साबुनपानीले सफा गर्ने र तीन–चार पटक भ्यास्लिन लगाउने । 

चारदेखि १०औँ दिन : साबुनले सफा गर्नुपर्दैन । तीन–चारपटक भ्यास्लिन लगाउँदा पुग्छ । ट्याटु खोपेको १० दिनभित्र खोपेको ठाउँमा पाप्रा लाग्ने र चिलाउने हुन थाल्छ । तर, पाप्रा निकाल्नु हुँदैन ।