मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गुल्मी
२०७५ चैत २० बुधबार ०८:२८:००
Read Time : < 1 मिनेट
अर्थ

गुल्मी महोत्सवमा खादा प्रतिबन्ध : पाहुनालाई उपहारमा कफी दिइने

Read Time : < 1 मिनेट
गुल्मी
२०७५ चैत २० बुधबार ०८:२८:००

गुल्मीका व्यवसायीले खादा ओढाउने चलन निरुत्साहित गर्न पहुनालाई कफी उपहार दिने भएका छन् । बुधबारदेखि सुरु हुने ‘प्रथम सांस्कृतिक तथा पर्यटन महोत्सव एवं व्यापार मेला’को तयारी पूरा भएको जानकारी दिन आयोजित कार्यक्रममा आयोजकले खादा ओढाउने प्रचलनलाई निरुत्साहित गर्दै लगिने जानकारी दिएको हो । ‘बरु, हामी जिल्लाको पहिचानका रूपमा रहेको कफीको प्रवद्र्धन गर्छौँ,’ गुल्मी चेम्बर अफ कर्मसका महासचिव कृष्णप्रसाद भण्डारीले भने, ‘खादा प्रयोग नगर्ने भएका छौँ ।’ 


१० दिनसम्म सञ्चालन हुने महोत्सवमा दर्शकलाई नयाँपनको आभास दिलाउन केही नौला योजना ल्याइएको महोत्सव मूल आयोजक समितिका संयोजक नवराज भुसालले जानकारी दिए । आयोजकले महोत्सवमा छुटै–छुटका आकर्षक कार्यक्रम अघि सारेको छ । महोत्सवमा जिल्लाका १२ स्थानीय तहले आ–आफ्नै प्रमुख उत्पादन र पहिचान प्रदर्शन गर्ने भएका छन् ।

इस्मा गाउँपालिकाले सेरामिक्सबाट उत्पादन भएका माटाका भाँडालाई प्रमुख आकर्षणका रूपमा राख्दै छ । इस्माली कोदो पनि स्टलमा राखिने इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । मदाने गाउँपालिकाले कलात्मक ढुंगालाई राख्दै छ । महोत्सवमा दुई सय ३० स्टल रहेका छन् । स्थानीय होटेललाई १० र फेन्सीलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । ७० वर्षभन्दा माथिका वृद्धवृद्धा निःशुल्क टिकटको व्यवस्था छ । विद्यार्थी र एकल महिलालाई पनि प्रवेश टिकटमा ४० प्रतिशत छुट दिइनेछ ।