Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ८ शुक्रबार १७:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दबाब र प्रभावमुक्त भएर न्याय सम्पादन गर्न सरकारी वकिललाई प्रधानमन्त्रीको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ८ शुक्रबार १७:५७:००

प्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका हुन्। 

शुक्रबार काठमाडौंमा सुरु भएको सरकारी वकिलको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताए। उनले मुलुकको फौजदारी शासन कायम गर्न मुलुकको विद्यमान कानुनको निष्पक्ष र प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको बताए।

प्रधानमन्त्री देउवाले महान्याधीवक्ता कार्यालयको क्रियाशिलता कार्यकुशलता, स्वस्छता, निष्पक्षता, पारदर्शिता र व्यवसायीकताले मुलुकमा कानुनी राज्यको अवधारणालाई व्यवहारमा रुपान्तरण गर्न सहयोग पुग्ने भएकाले यसतर्फ सदैव सजग र सचेत रही कार्यसम्पादन गर्न आग्रह गरे।

उनले कानुन बमोजिम आफूले सम्पादन गर्नुपर्ने कुनैपनि कार्यहरु कुनैपनि किसिमको दबाब, प्रभावमा नपरी निष्पक्ष, स्वतन्त्र र व्यवसायिक रुपमा सम्पादन गर्न सरकारी वकिललाई निर्देशन दिए।

प्रधानमन्त्री देउवाले अपराधसंहिता लगायतका नयाँ फौजदारी कानूनको प्रभवाकारी कार्यान्वयन गर्न र नागरिकका अधिकारको सुनिश्तिता गर्न महान्यायाधिवक्ताको कार्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।

सरकारवादी मुद्दामा अभियोजन नेपाल सरकारविरुद्ध परेका कानून विवादको प्रतिरक्षा गर्दै व्यवसायिक दायित्व निभाउन सरकारी वकिलहरुलाई आग्रह गरे।