मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष ६ बुधबार ०६:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रोजेको मन्त्रालयको ‘अफर’ छाडेर पुस्तान्तरणको पक्षमा उभिए प्रदीप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष ६ बुधबार ०६:४६:००

कांग्रेस संसदीय दलको नेताको उम्मेदवारी दिएका महामन्त्री गगन थापाको समर्थक नै बसेर युवा नेता प्रदीप पौडेलले सबैलाई ‘सरप्राइज’ दिएका छन् । एक वर्षअघि भएको पार्टी महाधिवेशनमा उनी नेता कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका थिए ।

गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा उनी काठमाडौं ५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै निर्वाचित भएका थिए । त्यसयता प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको निर्वाचनमा आफूलाई सघाउन पौडेललाई निरन्तर आग्रह गरिरहेका थिए ।

स्रोतका अनुसार देउवाले अब बन्ने सरकारमा ‘रोजेको मन्त्रालय दिने’ अफरसमेत गरेका थिए । दुई युवा महामन्त्री एक ठाउँ उभिएका वेला प्रदीप आफूसँग हुँदा माहोल थप सहज हुने देउवाको बुझाइ थियो । तर, प्रदीप रोजेको मन्त्रालयको अफर त्यागेर पार्टीभित्र पुस्तान्तरणको पक्षमा उभिएका छन् ।

रामचन्द्र, प्रकाशमान र शशांक देउवासँगै


देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् । पूर्वउपसभापति प्रकाशमान सिंह र पूर्वमहामन्त्री शशांक कोइराला पनि देउवाकै पक्षमा छन् । दलको नेतामा दाबी गरेका पौडेल, सिंह र कोइरालाले अन्तिम समयमा देउवालाई समर्थन गरेका थिए ।