मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ५ मंगलबार १०:४४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

म्युचुअल फन्डको सबैभन्दा ठूलोे आइपिओ आउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ५ मंगलबार १०:४४:००

एनआइबिएल एस क्यापिटलले एक अर्ब ६० करोड रुपैयाँको ‘एनआइबिएल ग्रोथ फन्ड’ ल्याउने

म्युचुअल फन्डको अहिलेसम्मकै ठूलोे आइपिओ आउने भएको छ । एनआइबिएल एस क्यापिटलल ‘एनआइबिएल ग्रोथ फन्ड’मार्फत पुस ७ गतेदेखि सर्वसाधारणका लागि १६ करोड कित्ता म्युचुअल फन्ड योजना निष्कासन गर्ने भएको छ । क्यापिटलले छिटोमा पुस १२ गते र ढिलोमा २१ पुससम्म आवेदन दिन सकिने गरी आइपिओ ल्याउन लागेको हो । 

यो योजना पनि सफल हुन्छ : सचिन्द्र ढुंगाना, सहायक महाप्रबन्धक, एनआइबिएल एस क्यापिटल
हामीले अहिले चुनौतीको समयमा फन्ड ल्याएका छौँ । बैंकमा देखिएको तरलता अभावको अवस्थामा पनि चुनौती मोलेका हौँ । यसअघि पनि हाम्रा योजना सफल भइसकेको हुँदा हामीले जारी गरेभन्दा बढी माग हुनेमा विश्वस्त छौँ । लगानी व्यवस्थापना योजनालाई थप प्रभावकारी बनाउन ग्राहक संख्यामा गुणात्मक वृद्धि गर्ने हाम्रो लक्ष्य छ ।

प्रतिकित्ता १० रुपैयाँका दरले १६ करोड कित्ता सेयर निष्कासन गर्न लागिएको हो । जसमध्ये १९ प्रतिशत अर्थात् ३० करोड चार लाख रुपैयाँबराबरको तीन करोड ४० हजार कित्ता र कुल इकाइको १ प्रतिशत अर्थात् १६ लाख कित्ता फन्ड व्यवस्थापक इकाइ एनआइबिएल एस क्यापिटललाई छुट्याइएको छ । त्यसपछि बाँकी रहेको १२ करोड ८० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम एक सय कित्तादेखि अधिकतम एक करोड ६० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, कोष प्रवद्र्धक र एनआइबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआइबिएल ग्रोथ फन्ड’ एनआइबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने पाँचौँ योजना हो । कुल एक अर्ब ६० करोड रुपैयाँको यो योजनाको समयावधि १० वर्षको रहनेछ । यो योजना अहिलेसम्मकै सबैभन्दा ठूलो म्युचुअल फन्ड योजना बन्ने भएको छ । योजनाले वार्षिक प्रतिफलका रूपमा २०.२५ प्रतिशत प्रतिफल आफ्नो इकाइ सेयरधनीलाई दिन सक्ने प्रक्षेपणसमेत गरेको छ ।

यस फन्ड इकाइहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई योजनाको समयावधिसम्म दोस्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ । फन्ड व्यवस्थापकका रूपमा एनआइबिएल एस क्यापिटलले आफ्ना इकाइधनीलाई मूल्य अभिवृद्धि गर्न अनुशासित र प्रक्रियाउन्मुख लगानीको दृष्टिकोण अपनाउँदै आएको क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले बताए । यसअघि एनआइबिएल म्युचुअल फन्डअन्तर्गतको एनआइबिएल समृद्धि फन्ड १ (बन्दुमुखी योजना) यसअघि नै परिपक्व भइसकेको र हाल सञ्चालनमा रहेका तीनवटा योजनामा एनआइबिएल प्रगति फन्ड (बन्दमुखी योजना), एनआइबिएल सहभागिता फन्ड (खुलामुखी योजना) र एनआइबिएल समृद्धि फन्ड २ (बन्दमुखी योजना) सञ्चालनमा रहेका छन् ।