मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ४ सोमबार १६:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय दलको नेता छान्न कांग्रेस संस्थापनइतर समूह छलफलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ४ सोमबार १६:३४:००

नेपाली कांग्रेसको संस्थापनइतर समूह संसदीय दलको नेताकाे उम्मेदवार चयनका लागि अहिले बैठक बसिरहेको छ। नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापासहित इतर समूहका नेताहरू छलफलमा जुटेका हुन्।

पार्टीको संसदीय दलमा नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गरिरहँदा आफ्नो समूहबाट साझा उम्मेदवार उठाउन इतर समूह छलफलमा जुटेको हो। इतर समूहका नेताहरूले शेखर र गगनमध्ये एकजना मात्र संसदीय दलको नेतामा लड्न दबाब दिइरहेका छन्।