मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष ४ सोमबार १६:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनमतको संसदीय दलको नेतामा राउत, प्रमुख सचेतकमा साह

Read Time : < 1 मिनेट
२०७९ पौष ४ सोमबार १६:०९:००

जनमत पार्टीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतलाई सर्वसम्मत चयन गरेको छ। काठमाडौंको बुद्धनगरमा रहेको जनमत पार्टीको कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको नेतामा राउतलाई सर्वसम्मत चयन गरेको हो।

यस्तै, बैठकले संसदीय दलको उपनेतामा अब्दुल खान, प्रमुख सचेतकमा अनिता साह र सचेतकमा गोमा लाभ देवकोटालाई चयन गरेको छ। यस्तै, सदस्यसचिवमा विनिताकुमारी सिंह र कोषाध्यक्षमा सोनु मुर्मुलाई चयन गरिएको जनमत पार्टीको सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिए। 

जनमत पार्टीबाट प्रत्यक्षमा एक र समानुपातिकमा पाँच गरी ६ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।