Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ पौष ४ सोमबार १५:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उदयपुरमा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

Read Time : < 1 मिनेट
२०७९ पौष ४ सोमबार १५:२९:००

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्। उदयपुरको कटारी नगरपालिका– १० पालसिंहस्थित भित्री सडकखण्डमा रूपाटारबाट कटारीतर्फ जाँदै गरेको प्र.२–०१–००१ च.००५० नम्बरको बोलेरो दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारका अनुसार ताप्ली गाउँपालिका– १ का ६५ वर्षीय मीनबहादुर सार्कीको मृत्यु भएको हो। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका सार्कीको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु हो। 

जिप आफैँ अनियन्त्रित भई सडकबाट एक सय मिटर तल झर्दा बोलेरोमा सवार पाँचजना घाइते भएको पोदारले बताए।