मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
२०७९ पौष ४ सोमबार १२:०५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह

Read Time : < 1 मिनेट
२०७९ पौष ४ सोमबार १२:०५:००

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरूको संरक्षण र सम्मानका लागि आग्रह गरेका छन्। उनले विश्वमा आप्रवासीहरूको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरू नभएको देखिएको उल्लेख गर्दै सो आग्रह गरेका हुन्।

विश्वमा अर्थतन्त्रको विकासका लागि आप्रवासीहरूको ठूलो योगदान रहेकाले यसको सम्मान गर्दै उनीहरूलाई विना कुनै भेदभाव सम्मान गर्नुपर्ने र उनीहरूको संरक्षणको खाँचो रहेको महासचिव गुटरेसले बताए।

विश्व आप्रवासन दिवसका अवसरमा उनले जारी गरेको सन्देशमा सो कुरा बताएका हुन्। उनले विश्वमा पछिल्ला वर्षहरूमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरूको संख्यामा पनि वृद्धि भइरहेको जानकारी दिए।

विश्वमा कोरोना महामारीका कारण देखिएको समस्याले आर्थिक मन्दी ल्याएको र यसबाट काम गरेर खाने वर्गका आप्रवासीहरूमा पनि समस्या उत्पन्न भएको भन्दै अहिले विश्वका आप्रवासीहरूको समस्या समाधानका लागि सबै पक्ष लाग्नुपर्ने बताए।

विश्वमा पछिल्ला वर्षहरूमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरू देश छोडेर भाग्नुपर्ने अवस्था आएको र उनीहरू अर्को देशमा जाने क्रममा असुरक्षित यात्रा गर्न बाध्य भएकाले उनीहरूको सुरक्षाका लागि लाग्न पनि विश्वका देशहरूलाई आग्रह गरेका छन्।

उनले मानवीय सहायताका क्षेत्रमा काम गर्न र उनीहरूका हक अधिकारका लागि पनि सचेत रहन विश्वमा आप्रवासीहरू रहेका देशका सरकारहरूसँग आग्रह गरेका छन्।