१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १ शुक्रबार १५:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १ शुक्रबार १५:०८:००

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा थारू समुदायले धर्ना दिएकाे छ।

सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलगायतलाई छुटाउन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ संशोधन गर्न अध्यादेश ल्याएको थियो। सोही अध्यादेशलाई प्रमाणीकरण गर्न माग गर्दै थारू समुदायले धर्ना गरेकाे हाे।

थारू कल्याणकारिणी सभा र थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको धर्नामा थारू समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूले अध्यादेश अविलम्ब प्रमाणीकरण गरिनुपर्ने र टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरूलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन्। धर्नामा सहभागीले अध्यादेश संवैधानिक रूपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणीकरण हुनुपर्नेमा जोड दिएका छन्।