मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ पौष १ शुक्रबार १०:५९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पाका विश्व च्याम्पियन प्रशिक्षक भिसेन्ट

Read Time : < 1 मिनेट
२०७९ पौष १ शुक्रबार १०:५९:००

विश्वकपमा स्पेनिस प्रशिक्षक भिसेन्ट डेल बोस्कीको नाममा एउटा रेकर्ड छ । पाका प्रशिक्षकका रूपमा विश्व च्याम्पियन ट्रफी चुम्ने भिसेन्ट मात्र हुन् । सन् २०१० मा दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकपमा भिसेन्ट स्पेनका मुख्य प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा स्पेनले पहिलोपटक फाइनलको स्थान बनाउँदै विश्वकप उपाधि जितेको छ । स्पेनले फाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० ले हराउँदै उपाधि हात पारेको थियो । 

स्पेनको जितमा ऐन्ड्रेस इनिस्टाले निर्णायक एक मात्र गोल गरेका थिए । प्रशिक्षकका रूपमा विश्व च्याम्पियन हुँदा भिसेन्टको उमेर ५९ वर्ष दुई सय दिन थियो । सो प्रतियोगितामा स्पेन समूह ‘एच’मा रह्यो । स्पेन दुई जित र एक हारका साथ समूह विजेता बन्यो । समूह चरणको पहिलो खेलमा स्पेन स्विट्जरल्यान्डसँग १–० ले पराजित भयो । पहिलो खेलमा हारको सामना गरेपछिप्रशिक्षक भिसेन्टले अर्को खेलमा रणनीति परिवर्तन गरे । 

प्रशिक्षक भिसेन्टले दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकपमा फरक रणनीति अपनाएको थियो । अधिकांश समय बल पोसेसन पकड बनाउँदै विपक्षी पोस्टमा गोल गर्ने शैली स्पेनले अपनायो । स्पेनले यही रणनीतिमा उपाधि उचाल्यो । फुटबल इतिहासमा भिसेन्ट एक सफल प्रशिक्षक हुन् । 

उनकै प्रशिक्षणमा स्पेनले युरोपियन च्याम्पियन्स फुटबल प्रतियोगिता र इन्टरकन्टिनेन्टल उपाधि जितेको थियो । सन् १९७५ देखि १९८० सम्म स्पेनिस राष्ट्रिय टोलीमा रहँदा उनले १८ खेलमा एक गोल गरेका थिए । उनले सन् २००८ देखि २०१६ सम्म स्पेनिस राष्ट्रिय टोलीको प्रशिक्षण गरेका थिए ।