मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका नुवाकाेट
२०७९ मङ्सिर २७ मंगलबार ०६:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी पनेरुलाई महिला पत्रकारिता पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नुवाकाेट
२०७९ मङ्सिर २७ मंगलबार ०६:४१:००

नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले नयाँ पत्रिकामा कार्यरत संगीता पनेरुलाई महिला पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।

सोमबार विदुरमा आयोजित शाखाको ११ औँ साधारण सभामा उनलाई सो पुरस्कार प्रदान गरिएको हो  ।  त्यस्तै शेयर बजार साप्ताहिकको सम्पादकका रुपमा कार्यरत दिनेश आचार्यलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ ।

२०६० सालदेखि कान्तिपुर टेलिभिजनको जिल्ला प्रतिनिधिको रुपमा कार्यरत श्रेष्ठलाई मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार र नुवाकोट एफएमका स्टेशन म्यानेजरश्रीराम अधिकारीलाई  रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

पुरस्कृत तीनवटै पुरस्कारको राशी ११ हजार एक सय ११ रुपैयाँ रहेको छ ।पत्रकार मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारको राशी सौजन्य डबलीखबर डटकमले गरेको थियाे । विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पत्रकार रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार र नुवाकोट पुकार साप्ताहिकले महिला पत्रकारिता पुरस्कारको सौजन्य गरेकाे अध्यक्ष कपिलदेव खनालले जानकारी दिए ।