१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २७ मंगलबार ११:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुन्डाईका विद्युतीय गाडीको हाई भोल्टेज ब्याट्री परीक्षण क्याम्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २७ मंगलबार ११:५९:००

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘बिभी द चेन्ज’ अभियानअन्तर्गत कोना र आयोनिक लाइनअपका विद्युतीय गाडीको ब्याट्री परीक्षण सुरु गरेको छ । यसका लागि कम्पनीले पुस १ गतेसम्म आफ्ना विद्युतीय सवारीका ग्राहकका लागि पाँचदिने हुन्डाई इभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन गरेको हो । 

यो अभियानले कोना र आयोनिक लाइनअपका तीन सयभन्दा बढी ग्राहकलाई फाइदा पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । कार्यक्रम प्रशिक्षित प्राविधिकहरू र अत्याधुनिक उपकरणहरूको सहयोगले सवारीधनीलाई आफ्नो सवारीको प्राविधिक अवस्था र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्वजाँच गर्न ग्राहकलाई विभिन्न सुझाव पनि प्रदान गर्ने जनाइएको छ । क्याम्प पुस १ गतेसम्म थापाथलीमा रहेको हुन्डाईको इभी सोरुमअगाडि सञ्चालन हुने उल्लेख छ । 

हुन्डाई नेपालले आफ्नो ‘बिभी द चेन्ज’ अभियानअन्तर्गत विद्युतीय सवारीप्रति चेतना जगाउने र दिगो भविष्यको जग तयार गर्ने उद्देश्यले विभिन्न सामाजिक, आर्थिक र प्राविधिक अभियानहरू आयोजना गर्दै आएको दाबी गरेको छ । यसका लागि देशभरि ४० भन्दा बढी चार्जिङ स्टेसनको स्थापना र १७ वटा सोरुमसहित विद्युतीय सवारीसाधनमा सबैको पहुँच बढाउने प्रयास गर्दै आएको जनाइएको छ ।