१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस काठमाडौं
२०७९ मङ्सिर २४ शनिबार १२:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानवअधिकार पुरस्कार श्रेष्ठ र मानवसेवा आश्रमलाई

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०७९ मङ्सिर २४ शनिबार १२:५४:००

सरकारले यस वर्षको मानवअधिकार पुरस्कार–२०७९ बाट व्यक्तितर्फ मानवअधिकारकर्मी प्रा.डा कपिलमान श्रेष्ठ र संस्थातर्फ मानवसेवा आश्रमलाई दिने भएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले लामो समयदेखि मानवअधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख रचनाको प्रकाशन, प्रवर्द्धन पैरवी, संरक्षण र सम्मानसम्बन्धी कार्यमा निरन्तर रूपमा पुर्याएको योगदानका लागि मानवअधिकार पुरस्कार प्रा.डा श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ।

त्यसैगरी, संस्थातर्फ मानवसेवा आश्रम, (काठमाडौं)लाई सडकपेटी तथा अन्य सार्वजनिक स्थलमा परित्यक्त, असहाय, असमर्थ, बेवारिस रूपमा रही अत्यन्तै कष्टपूर्ण रूपमा जीवनयापन गरिरहेका व्यक्तिको उद्धार, उपचार, परामर्श, लालनपालन, संरक्षण र त्यस्ता व्यक्तिको शवको सद्गत वा व्यवस्थापनलगायतका कार्य गरी मानवअधिकारको संरक्षणमा पु¥याएको योगदानको लागि मानवअधिकार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

नेपाल सरकारले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा मानवअधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई कदर गर्ने उद्देश्यले मानवअधिकार पुरस्कार अक्षय कोष स्थापना गरी विसं २०७८ देखि मानवअधिकारको सम्मान, संरक्षण र संवर्धननमा उल्लेखनीय योगदान पुर्याउने एक व्यक्ति र एउटा संस्थालाई पुरस्कृत गर्ने कार्य प्रारम्भ गरेको थियो।