मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २३ शुक्रबार १०:५३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सडक दुर्घटना कम गर्न के गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २३ शुक्रबार १०:५३:००

नियम पालना गरौँ 
- ट्राफिक लाइटको नियम पूर्ण रूपमा पालना गर्ने ।
- पैदलयात्रीले ‘ओभरहेड ब्रिज’को अनिवार्य प्रयोग गर्ने ।
- सधैँ फुटपाथबाट मात्रै हिँड्ने ।
- यदि सडकमा फुटपाथ छैन भने सधैँ दायाँ साइडबाट मात्रै हिँड्ने गर्नुपर्छ । यसो गर्दा विपरीत दिशाबाट आइरहेको सवारीसाधन प्रत्यक्ष रूपमा देखिन्छ र दुर्घटनाको जोखिम कम हुन्छ । 
- चालकले लेन अनुशासन पालना गर्ने, यात्रुले जेब्राक्रसको प्रयोग गर्ने । 

चालकले ध्यान दिनुपर्ने 
- गाडीको कन्डिसन चेक गरेर मात्रै सवारी हाँक्ने । कन्डिसनमा नरहेको गाडीले जुनसुकै वेला धोका दिन सक्छ र दुर्घटना पनि निम्त्याउन सक्छ । 
- मद्यपान गरेर सवारीसाधान नचलाउने ।  
- मोटरसाइकलपछाडि बस्ने यात्रीले पनि हेलमेट अनिवार्य प्रयोग गर्ने । 
- सवारीसाधानलाई तीव्र गतिमा नचलाउने ।
- लामो दूरीमा सवारीसाधन चलाउँदा चालक थकित हुन्छन् । त्यस्तो अवस्थामा हरेक दुई–दुई घन्टामा ब्रेक लिने । जसले तपाईंलाई फ्रेस बनाउँछ ।