मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर २१ बुधबार ०७:०८:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २१ बुधबार ०७:०८:००

भारतका तर्फबाट नेपालसँगको सीमामा एकतर्फी रूपमा संरचना निर्माणका घटना किन पटकपटक दोहोरिइरहन्छन् ?
दुई देशबिचको सीमामा कुनै गतिविधि या भौतिक संरचना निर्माण गर्दा दुवै पक्षको पूर्वसहमति अत्यावश्यक हुन्छ । सहमतिविना सीमामा कुनै काम गर्न पाइन्न । तर, हामी आफ्नो सीमा क्षेत्रमा जसले जे गरे पनि ‘प्रम्प्ट एक्ट’ नै गर्दैनौँ । भारतमा पनि नेपाली सीमामा जे गरे पनि हुन्छ भन्ने सोच छ । अहिलेको समयमा तत्काल प्रतिक्रिया जनाउनुपर्ने पिषयमा पनि हामी प्रतिवेदन कुरेर बस्छौँ । अनि किन नहेपून् त अरूले ? राजदूतहरूसँग वेलावेलामा भेटघाट भइरहन्छ । अन्य उच्चस्तरीय भेटघाट पनि बाक्लै हुन्छन् । यस्तो वेलामा पनि सीमामा हुने एकपक्षीय गतिविधिबारे कुरा राख्न सकिन्छ । तर, हाम्रो नेतृत्वले यस विषयमा मौन बस्नुको परिणाम हो यो । 

भनेपछि नेपाल सरकारले दह्रो चासो नदेखाएकाले नै यस्ता समस्या दोहोरिइरहेका हुन् त ?
पक्कै पनि हो । हाम्रो नेतृत्वले सीमा सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेकै छैन । सीमामा समस्या देख्दा तत्काल प्रतिक्रिया नजनाएपछि यस्ता घटना दोहोरिनुमा के नै आश्चर्य भयो र ?

सीमा क्षेत्रमा यस्ता समस्या दोहोरिन नदिन  दुवै पक्षले के के गर्नुपर्ला ?
दुवै पक्षले सीमा क्षेत्रमा कुनै गतिविधि गर्दा पूर्वसहमति गर्नुपर्छ । राष्ट्रिय स्वार्थका विषयमा प्राथमिकता निर्धारण गरिनुपर्छ । समस्या देखिए तत्काल द्विपक्षीय संवाद गरिहाल्नुपर्छ । एकअर्काको सार्वभौमिकताको सम्मान गर्नुपर्छ ।