मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर २० मंगलबार ०८:२३:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २० मंगलबार ०८:२३:००

यो निर्वाचन परिणामलाई कसरी हेर्नुभएको छ ?
हामीले जेजस्तो सोचेका थियौँ, अपेक्षाकृत परिणाम आएन । देशैभर यसपटक नेपाली जनताले विकल्प खोजेका छन् । पहाडमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको रुझान त्यसैको संकेत हो । मधेसमा पनि सिके राउतजीको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी उदाएका छन् । तर, यसबाट हाम्रो ‘डिप्रेसन’ मै जानुपर्ने खालको अवस्था भने आएको होइन । 

पुराना र स्थापित दलहरूमाथिको विश्वास गुमेकाले मधेसी जनताले विकल्प खोजेका त होइनन् ?
नयाँ दलले पनि खासै धेरै सिट जितेका होइनन् र हामीले पनि आत्तिनैपर्ने गरी धेरै गुमाएका होइनौँ । नयाँ शक्तिबाट हामी विस्थापित भएका पनि होइनौँ । जनताबाट ठुलै सजाय पाएका पनि होइनौँ । केही सिट मात्र जित्ने दलहरूले जनताका लागि के नै पो गर्न सक्लान् र ? त्यसैले, अहिले जनताले विकल्प खोज्ने प्रयास गरे पनि हामी निराश छैनौँ । 

एमालेसँगको सहकार्य तोडिसकेको अवस्थामा तपाईंहरू आगामी सरकारमा जानुहुन्छ कि हुँदैन ?
हामीले प्रतिपक्षमै बस्ने जनादेश पाएका छौँ । तैपनि, आवश्यकताका आधारमा सरकार बनाउने गठबन्धनले संविधान संशोधन, शासकीय स्वरूपमा परिमार्जनलगायत मधेस मुद्दामा सहकार्य गर्न तयार भएर प्रस्ताव गरेमा त्यसबारे केही सोच्न सकिन्छ । तर, हामी दौडेर सरकारमा जाँदैनौँ । पहिले सरकार बनाउने दलहरू मधेस मुद्दामा सहमत हुनुपर्छ ।