१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १९ सोमबार १७:५६:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

आनन अच्युतको ‘ढल्किएको आकाश’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १९ सोमबार १७:५६:००

उपन्यासकार आनन अच्युतको तेस्रो कृति ‘ढल्किएको आकाश’ सार्वजनिक गरिएको छ। शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।

अभिनेता आर्यन सिग्देल, साहित्यकार गोविन्द गिरी प्रेरणा, देवनाथ न्यौपाने, रामचन्द्र सिग्देल, पुरुषोत्तम न्यौपाने, सीताराम ढकाल, फिल्म निर्देशक दिनेश राउत र लेखक स्वयंले पुस्तकको संयुक्त विमोचन गरेका हुन्। ‘कथामा यौन छ, प्रकृति छ, समाज छ, समाजका मानिसहरूका कथा, व्यथा छन्। परदेशमा बसेर लेखकले नेपाली समाज छाम्ने राम्रो प्रयत्न गरेका छन्,’ समीक्षक बोधराज पौडेलको टिप्पणी थियो।

त्यस्तै, अर्का समीक्षक पुरुषोत्तम न्यौपानेले लेखकको लेखन शैली सुन्दर रहेको धारणा राखे। कथा लेखनमा लेखकले केही नयाँ प्रयोग पनि गरेको प्रकाशन गृहका कार्यकारी प्रमुख सूर्य बिसीले बताए। बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त कथासंग्रहमा १४ वटा कथा समावेश गरिएको छ। १९२ पृष्ठको उक्त पुस्तकको बजार मूल्य ३७५ रुपैयाँ रहेको छ।