मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ मङ्सिर १९ सोमबार १३:२४:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

सुटिङ स्पटमा पनि पुस्तक पढ्छु : विपिन कार्की

पठन संवाद

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १९ सोमबार १३:२४:००

मैले पढेको पहिलो उपन्यास लीलबहादुर क्षेत्रीको बसाइँ हो । यही उपन्यासले मलाई पढ्ने लत बसाल्यो । अहिले त सुटिङ स्पटमा पनि पुस्तक पढ्छु, राति एक पाना भए पनि पढ्नैपर्छ । 

समयअनुसार पुस्तक छनोटमा पनि फरक पर्ने रहेछ । पुराना कविमा भूपि शेरचन र देवकोटाका कविता मन पर्थे । अहिले श्यामल, उपेन्द्र सुब्बाका कथा–कविता मन पर्छन् । कर्णाली ब्लुज, पल्पसा क्याफे, सेतो धरती मलाई मन परेका पुस्तक हुन् । 

समयअनुसार पुस्तक छनोटमा पनि फरक पर्ने रहेछ । पुराना कविमा भूपि शेरचन र देवकोटाका कविता मन पर्थे, अहिले श्यामल, उपेन्द्र सुब्बाका कथा–कविता मन पर्छन् । 

मलाई शंकर लामिछानेको लेखनशैली सबैभन्दा धेरै मन पर्छ । उनको शैली अनौठो र जादुयी पाउँछु । नारायण वाग्ले, बुद्धिसागर, अमर न्यौपानेको लेखनशैली पनि आकर्षक छ ।

मन परेको पात्र ‘नरेन्द्र दाइ’
उपन्यासका त्यस्ता कैयौँ पात्र छन्, जसको भूमिका आफैँले सिनेमा वा नाटकमा गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । एउटा पात्र विश्वेश्वरप्रसाद काइरालाको नरेन्द्र दाइ उपन्यासको नरेन्द्र हो । यो पुस्तक मैले १५ वर्षअगाडि पढेको थिएँ । मेरो मनबाट त्यो पात्र अहिले पनि हटेको छैन । नाटकको कुरा गर्दा मलाई हेनरिक इब्सेनका नाटक मन पर्छ । नेपालमा बालकृष्ण सम, अभि सुवेदीलगायत मन पर्छ ।