१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर १८ आइतबार १९:०१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाँच सयभन्दा बढी युक्रेनी इलाकाहरू ऊर्जाविहीन

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १८ आइतबार १९:०१:००

बढ्दो पूर्वाधार हवाई हमलापछि आइतबार ५०० भन्दा बढी युक्रेनी इलाकाहरू बिजुलीविहीन बनेका छन्। 

‘शत्रुले देशको अत्यावश्यक पूर्वाधारमा आक्रमण गर्न जारी राखेको छ। हाल हाम्रो देशका आठ क्षेत्रका ५०७ स्थानमा विद्युत् आपूर्ति बन्द गरिएको छ,’ उपआन्तरिकमन्त्री येभगुनी येनिनले युक्रेनी टेलिभिजनलाई बताएका छन्।

खार्किभ क्षेत्रमा रुसको आक्रमणबाट छुट्टिएका ११२ गाउँहरू ऊर्जा संकटबाट सबैभन्दा बढी प्रभावित छन्।

युक्रेनी अधिकारीहरू, माइकोलाइभ क्षेत्रका गभर्नर भिटाली किमलगायतले एकपटक फेरि नागरिकहरूलाई जाडोको सुरुवातीतिर नै अवस्था लगातार बिग्रँदै गएको र नियमित बिजुली कटौतीको सामना गर्नुपर्ने अवस्था आएकाले त्यसका लागि तयार हुन आग्रह गरेका छन्।

बारम्बार दैनिक बिजुली कटौतीले लाखौँ मानिसहरू  ऊर्जाविहीन भएका छन् । यहाँको  बाहिरी तापक्रम हालका दिनहरूमा शून्य सेल्सियस (३२ फरेनहाइट) भन्दा तल झरेको छ।

साथै, विद्युतीय आपूर्तिको समस्याले विभिन्न किसिमका नेटवर्कमा समस्या थपिएको छ। जारी युद्ध दशौँ महिनामा प्रवेश गरेको छ। स्थिति भयावह छ। 

निजी युक्रेनी ऊर्जा सञ्चालक डिटिइकेले बिहीबार रुसले अक्टोबरमा युक्रेनी ऊर्जा सुविधाहरूलाई निशाना बनाउन थालेपछि युक्रेनको लगभग आधा बिजुली आपूर्ति बिग्रिएको बताएको छ। रासस