मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सुबिन भट्टराई लेखक
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १८ आइतबार ११:३७:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

सुबिन भट्टराईलाई मनपर्ने तीन पुस्तक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १८ आइतबार ११:३७:००

चर्चित लेखक सुबिन भट्टराई युवापुस्तामाझ निकै चर्चित छन् । समर लभ, साया, इजोरियालगायत कृतिका लेखक भट्टराईलाई धनुषचन्द्र गौतमको ‘घामका पाइलाहरू’, विश्वेश्वरप्रसाद कोइरालाको ‘हिटलर र यहुदी’ तथा भवानी भिक्षुको ‘आगत’ निकै मनपर्छ ।

घामका पाइलाहरू ०३५ मा मदन पुरस्कार जित्न सफल उपन्यास हो । यस उपन्यासको भाषाशैली अति सरल भएकाले सबै पाठकले यो पुस्तक पढ्न सक्ने सुबिन बताउँछन् । ‘पढेका पुस्तकमध्ये अति मनपर्ने एक पुस्तक हो, यो,’ उनले भने । 

हिटलरले लाखौँ निर्दोष यहुदीहरूलाई ग्यास चेम्बरमा थुनेर मारेको घटनालाई कोइरालाको ‘हिटलर र यहुदी’ उपन्यासमा वर्णन गरिएको छ । यस विषयवस्तुले सबैलाई गम्भीर बनाउने भट्टराई बताउँछन् । उनलाई कोइरालाको लेखनशैली अति नै मनपर्छ । राणाकालको जमिनदारीको कथालाई भिक्षुको आगतमा प्रस्तुत गरिएको छ । यो पनि भट्टराईलाई मनपर्ने पुस्तक हो ।