१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपेन्द्र के खनाल चलचित्र निर्देशक
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १८ आइतबार ११:३५:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

यात्राले सिनेमा जन्माउँछ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १८ आइतबार ११:३५:००

सिनेमा निर्माणको दौरान नेपालमा अधिकांश ठाउँमा पुगिसकेको छु । पूर्व–पश्चिम घुम्नैपर्ने ठाउँहरू पुगिसकेको छु । सिनेमाकर्मीका लागि यात्रा एकदमै फलदायी हुन्छ । यात्रा गर्दा नै सिनेमाको कथा भेटिन्छ । यात्रामा देखिएका पात्रहरूले सिनेमालाई जीवन्त बनाउँछन् ।

यात्रा गर्ने आफ्नै शैली छ । यात्रा गर्दाको तस्बिर सामाजिक सञ्जालमा राख्न तथा समूहमा यात्रा गर्न खासै मन पर्दैन । म आफ्नै सुरमा एक्लै हिँड्न मन पराउँछु । नयाँ–नयाँ मानिसलाई भेट्छु र उनीहरूका समस्याबारे जानकारी लिन्छु ।

मलाई धेरै मानिस पुग्ने ठाउँभन्दा पनि दूरदराजका बस्तीहरू घुम्न मन लाग्छ । ती बस्तीहरूमा स्थानीयसँग साक्षात्कार गर्दा हाम्रो सामाजिक परिस्थिति बुझ्न पाइन्छ । छायामा परेका ठाउँहरू घुम्न मन लाग्छ । छायामा परेका मानिसका समस्या बुझ्न मन लाग्छ ।