१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस
२०७५ चैत १८ सोमबार १६:३३:००
Read Time : > 1 मिनेट
सेयर बजार

शेयर बजारमा साढे ६ अङ्कको वृद्धि

Read Time : > 1 मिनेट
रासस
२०७५ चैत १८ सोमबार १६:३३:००

आइतबार ओरालो लागेको शेयर बजारमा सोमबार भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.४३ विन्दुले बढेर एक हजार १४९.९९ विन्दुमा पुगेको छ । 

त्यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४५ विन्दुले बढेर २४४.८१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार रकममा समेत वृद्धि भएको छ । 

कूल १७१ कम्पनीका १२ लाख ६५ हजार ६ सय ६२ कित्ता शेयर ३५ करोड २८ लाख १० हजार ७ सय ५० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर घटेको छ । त्यसमा उत्पादन ४.६६ र अन्य ५.९२ विन्दुले घटेका छन् । 

त्यसैगरी बैंकिङ १०.१५, होटल ३३.६७, विकास बैंक ६.३७, जलविद्युत् २.८७, वित्त २.०७, निर्जीवन बीमा २९.७, लघुवित्त २.२८ र जीवन बीमा २.२ विन्दुले बढेका छन् । कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको दुई करोड २० लाख ७८ हजार ८४ मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ । यस्तै प्रभु बैंकको दुई करोड ११ लाख २० हजार ५ सय ७८, एनएमबी बैंकको एक करोड ६३ लाख ५९ हजार ४ सय १०, नेपाल बैंक लिमिटेडको एक करोड ३१ लाख ७७ हजार ७ सय ५७, महालक्ष्मी विकास बैंकको एक करोड १९ लाख ६० हजार ४७, एभरेष्ट बैंकको एक करोड १३ लाख ९६ हजार ९ सय ७६ मूल्यमा खरीद बिक्री भयो । 

स्टकका अनुसार महालक्षमी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.४५ प्रतिशतले कमाउँदा अरुण कावेली हाइड्रो पावर ४.९५, हिमालयन पावर पार्टर ४.९२, गुडविल फाइनान्स ४.३५, सनराइज बैंकको शेयरधनीले ३.६९ प्रतिशतले कमाएका छन् । यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.८७, कञ्चन डेभलपमेन्ट बैंक ७.०१, किसान माइक्रोफाइनान्स ५.९८, सूर्योदय लघुवित्त वित्तीय संस्था ५.५२, शिखर इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.४५ प्रतिशतले गुमाएका छन् ।