मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जुलिया होरोवित्ज
२०७९ मङ्सिर १८ आइतबार १०:५२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रुसलाई क्षति पुर्‍याउन तेलमा क्याप लगाउँदै पश्चिमा देश

Read Time : > 2 मिनेट
जुलिया होरोवित्ज
२०७९ मङ्सिर १८ आइतबार १०:५२:००

कम मूल्य निर्धारण गर्दा रुसले प्रतिकार गर्‍यो र उत्पादनमा कमी आयो भने भने ऊर्जा संकट बढ्नेछ 

जुलिया होरोवित्ज

युक्रेनका सहयोगी देशले रसियन तेलमा मूल्य सीमा निर्धारण गर्न चाहिरहेका छन् । तर, त्यहाँ समस्या छ । उनीहरू क्रेमलिनमाथि दबाब सिर्जना गर्ने संख्यामा सहमत छैनन् । पश्चिमका ठूला अर्थतन्त्र भएका देश गत वर्ष रुसको महत्वपूर्ण निर्यात मानिने रसियन तेलको मूल्यमा क्याप लगाउन सहमत भए । साथै गत डिसेम्बरमा भएको सहमतिबारे छलफल गर्ने प्रतिबद्धता गरेका छन् । उक्त कदमको उद्देश्य भनेको ऊर्जा आपूर्ति अझै कम गरी वैश्विक अर्थव्यवस्थामाथि तनाव सिर्जना नगरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्ध बजेटलाई कम गर्नु रहेको छ । तर, समय घर्किंदै जाँदा तेलको सीमा कतिसम्म गर्ने भनेर पश्चिमा देशले मोलमोलाई गरिरहेका छन् ।  

हालसालैको युरोपियन कूटनीतिकहरूको भेलाले रसियन तेलको मूल्यमा प्रतिब्यारेल ६५ देखि ७० सम्म क्याप लगाउने संकेत गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यद्यपि, अहिलेकै बजारमूल्यको हाराहारीमा रुसी क्रुड आयलको मूल्य हुँदा यो रेन्ज विरोधाभासपूर्ण मानिएको छ । यसको अर्थ हुन्छ, आपूर्तिमा सीमित बाधाका साथै रुसलाई पनि सीमित पीडा । यो मूल्य बिन्दुले रुसी अर्थतन्त्रको सट्टा मुद्रास्फीति घटाउने विश्लेषकहरूको भनाइ छ । 

नोभेम्बरको सुरुवातमा रसियन क्रुड आयलको मूल्य प्रतिब्यारेल ७० डलर आसपास थियो, जुन अन्तर्राष्ट्रिय बेन्चमार्क २४ ब्रेन्टभन्दा तल थियो । कम मूल्य निर्धारण गर्दै गर्दा यदि रुसले प्रतिकार गर्‍यो भने बीचमा वैश्विक ऊर्जा संकट बढ्न सक्छ । 

यदि अपेक्षा गरिएभन्दा अधिक उत्पादनमा कमी आयो भने यसले इन्धनको मूल्य त्यसैगरी बढाउनेछ, जसरी अमेरिका, जर्मनी र जापानजस्ता देश मुद्रास्फीति नियन्त्रण गर्न उत्सुक छन् । उता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार पश्चिमाले तेलको मूल्यमा क्याप लगाउने योजनाले ऊर्जा बजारका लागि गम्भीर परिणाम हुनेछ । 

के मूल्य सही हो ? : युरोपियन आयोगकी अध्यक्ष उर्सुला भोन देरले जी–सेभेन र अन्य सहयोगीसँगै आफूहरूले छिट्टै रसियन तेलमा वैश्विक मूल्य सीमा अनुमोदन गर्ने बताएकी छिन् । यति मात्रै होइन, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि मूल्य–सीमाबारेको कुराकानी जारी रहेको बताएका छन् । 

यात्रा गर्ने रुसी क्रुड आयलमा युरोपको प्रतिबन्ध लागू हुँदा पश्चिमा देशहरू आउँदो पाँच डिसेम्बरअघि एउटा सम्झौतामा पुग्न चाहन्छन् । यो यसकारण कि, युरोपियन संघको प्रतिबन्ध प्याकेजमा रुसी क्रुड आयल बोक्ने पानीजहाजको बिमा र अन्य सेवा प्रदान गर्नेबारे पनि प्रतिबन्ध सामेल छ । 

चीन र भारतजस्ता देशले प्रतिदिन लाखौँ ब्यारेल क्रुड आयल (कच्चा तेल) आयात गर्दा रुसी ग्राहकलाई झनै अप्ठ्यारो अवस्था सिर्जना हुने देखिन्छ । क्रुड परिवहनका धेरैजसो बिमाकर्ता युरोप तथा युकेमा छन् । यिनले ब्रसेल्ससँग सहकार्य गर्छन् । तेल मूल्य सीमाले यो नीतिको संशोधन गर्ने लक्ष्य राखेको छ । पश्चिमा राष्ट्रले स्थापित गरेको मूल्य सीमा वा त्योभन्दा कममा खरिद गर्दा रसियन तेल बोक्ने ट्यांकरलाई सिपिङ सर्भिस र इन्स्योरेन्स दिनुपर्ने हुन्छ । निरन्तरको आपूर्तिमार्फत वैश्विक ऊर्जा बजारलाई स्थिर राख्दा रुसको अर्थतन्त्र कम गर्न सहयोग गर्ने युरोपियन युनियनले व्याख्या गरेको छ । 

तथापि, मूल्य निर्धारणले अहिलेसम्म समस्याग्रस्त रहेको प्रस्ट्याइसकेको छ । पोल्यान्डका साथै अन्य पूर्वी युरोपियन देशले तेलमा कम प्राइस क्याप (मूल्य–सीमा) होस् भन्ने चाहन्छन् । जब कि रसियालाई बढीमा ६५ देखि ७० डलर प्रतिब्यारेल मूल्य पर्छ भन्ने उनीहरू जान्दछन् । यस्तो मूल्यबीचको क्यापले क्रुडको बिक्रीबाट हुने मस्कोको नाफालाई कटौती गर्नेछ ।

रिस्ताद एनर्जीले रुसी तेलको उत्पादन २० देखि ५० डलर प्रतिब्यारेल हुने आकलन गरेको छ । तर, यो कतिको संख्यामा हो भन्नेमा पनि भर पर्छ । यसका साथै सन् २०२३ मा रुसको बजेट र आकलन प्रतिब्यारेल ७० हाराहारीको मूल्यमा आधारित छ । यदि यो मूल्य बजारमा पाएको खण्डमा योजना बनाएभन्दा बढी खर्च गरिरहेको हुनेछ । 

उता युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले प्राइस क्याप ३० डलरमा लागू हुनुपर्ने बताएका छन् । उनका अनुसार प्रतिब्यारेल ६० या ७० को क्याप लगाउने विषय रुसका लागि छुट सुविधा हो । यदि क्रुडको मूल्य निकै कम भयो भने रुसले यसको उत्पादन कटौती गर्न सक्छ । इन्टरनेसनल एनर्जी एजेन्सीका अनुसार सन् २०२२ मा प्रतिदिन झन्डै एक करोड ब्यारेल क्रुड आयल निर्यात गर्ने रुसको योजना छ, जुन गत वर्षको भन्दा बढी हो । यसले बजारमा खैलाबैला मच्चिन सक्छ  । 
– सिएनएन