मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अमुल थापा भक्तपुर
२०७९ मङ्सिर १८ आइतबार ०९:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले नेता गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

Read Time : < 1 मिनेट
अमुल थापा, भक्तपुर
२०७९ मङ्सिर १८ आइतबार ०९:४२:००

एमाले नेता गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। भक्तपुरको मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीमा रहेको बास्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको थियो । बास्कोटाको घरको बाहिरी पर्खालमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो । 

घरको पर्खालमा शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली बास्कोटाको घरमा पुगेर उक्त वस्तुलाईनिष्क्रिय पारेको हो । एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चार तथा सूचनामन्त्री बास्कोटा काभ्रे २ बाट नवनिर्वाचित सांसद हुन् ।